अधिक खर्च कम गर्न सरकार अग्रसर हुनुपर्ने, डाक्टर अयोधीप्रसाद यादवको भनाइ | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

साउन २३ , काठमाण्डौँ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्वाचनमा हुने अधिक खर्च कम गर्न सरकार अग्रसर हुुनुपर्ने बताउनुभएको छ ।

संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दलहरुलाई राज्य आफैले निर्वाचन खर्च उपलब्ध गराउने व्यवस्था गरे खर्च कम हुने बताउनुभयो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरे निर्वाचन खर्च स्वतः कम हुने उहाँको भनाइ थियो ।

बैठकमा समितिमा सदस्यहरुले निर्वाचनमा खर्च कम हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);