र्याली र लामो दूरीको दौडका लागि अन्तर्राष्ट्रिय पहिचान बनाएको केन्यामा पछिल्लो समय सडक मोटरसाइकल रेसिङ तथा तिब्र गतिको सवारी संस्कृतिप्रति आकर्षण बढ्दै गएको छ । केन्यामा तिब्र गतिका कार, ड्रिफ्टिङ, शक्तिशाली स्पोट्र्स बाइक तथा परिमार्जित दुईपाङ्ग्रे सवारीसाधनको प्रदर्शनप्रति युवाहरूको चासो बढेको हो । मासिक रूपमा आयोजना हुँदै आएको ‘सनसेट कोर्सा’ नामक रेसिङ कार्यक्रमले केन्यामा अटोमोबाइल तथा मोटरस्पोट्र्स संस्कृतिको विस्तारमा योगदान पु¥याइरहेको छ । कार्यक्रममा कार र मोटरसाइकलका पारखी, सवारीसाधन परिमार्जन गर्नेहरू, बाइक चालक तथा युवा दर्शकको सहभागिता बढ्दै गएको छ । कार्यक्रममा तिब्र गतिका कार र ड्रिफ्टिङ प्रदर्शनसँगै मोटरसाइकल तथा दुईपाङ्ग्रे सवारीसाधनका विभिन्न आकर्षक डिजाइन र परिमार्जित स्वरूपसमेत प्रदर्शन गरिन्छन् । यसले सप्ताहन्तमा सवारीसाधनप्रेमीहरूलाई एकै ठाउँमा भेला हुने अवसर प्रदान गरेको छ । मोटरस्पोट्र्सकी पारखी मेलानी किम्बर्लीले कार प्रदर्शनीको संस्कृति, चालक, मोटरसाइकल र दुईपाङ्ग्रे सवारीसाधनको प्रदर्शन आफूलाई निकै मन पर्ने बताइन् । ‘मलाई वास्तवमै कार प्रदर्शनीको संस्कृति, चालक, बाइक चालक र दुईपाङ्ग्रे सवारीसाधन निकै मन पर्छन् । यो साँच्चै अद्भुत अनुभव हो,’ उनले भनिन् ।
केन्यामा परम्परागत ¥याली खेलसँगै सहरी मोटरसाइकल तथा कार प्रदर्शन संस्कृतिले पनि विस्तारै लोकप्रियता हासिल गर्दै गएको छ ।




