काठमाडौँ ।
आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल,विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्नुहुने संशोधनकर्ता माननीयसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा “खानी तथा खनिज पदार्थ विधेयक,२०८३” माथि विज्ञहरुसँग छलफल हुनेछ । बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल हुनेछ । त्यस्तै बिहान शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि छलफल हुनेछ ।




