स्पेनमा दुई तिब्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार भएको भीषण रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गर्नुभएको हो । उहाँले दुर्घटनाको कारणबारे विस्तृत र निष्पक्ष अनुसन्धान गरिने प्रतिवद्धतासमेत जनाउनुभएको छ । दुर्घटना बुधवार बिहान राजधानी म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा रहेको टोलेडो प्रान्तमा भएको हो । म्याड्रिड–सेभिया रेलमार्गमा रोकिराखिएको इरियो कम्पनीको रेललाई रेन्फेको उच्च गतिको रेलले पछाडिबाट ठक्कर दिएको थियो । कास्टिला–ला मान्चा स्वायत्त क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ । घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् । दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन ।




