इन्भेष्टमेण्ट बैंकको ३२ औं वर्ष पूरा | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

इन्भेष्टमेण्ट बैंकको ३२ औं वर्ष पूरा

काठमाडौं, १५ फागुन । नेपाल इन्भेष्टमेण्ट बैंकले ३२ औं वर्ष पूरा गरेको छ । आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै तीन सय भन्दा बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकद्वारा जारी विज्ञप्तिमा छ ।

बैंकले आव २०७३÷७४ मा ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अगाडिको) कमाएको विज्ञप्तिमा उल्लेख छ ।बैंकका अनुसार खुद नाफा ३ अर्ब ११ करोड रहेकोे छ । साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी रहेको विज्ञप्तिमा छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);