काठमाडौं,१३ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेत बनाउने प्रदेशसभाको निर्णयप्रति कर्णाली जनाधिकार मञ्चले आपत्ती जनाएको छ । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मञ्चका पदाधिकारीले सुर्खेतलाई प्रदेशको राजधानी बनाउने निर्णय तत्काल फिर्ता लिन चेतावनी पनि दिए ।
मञ्चले बुधबारबाट कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको राजीनामा माग गर्दै एक सातासम्म कर्णाली अंचलका सबै जिल्लामा आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । मञ्चका अध्यक्ष प्रकाश रोकायाले कर्णालीको राजधानी सुर्खेत तोकिँदा प्रदेशका अधिकांश जिल्लाबासी अन्यायमा परेको बताए ।
शनिबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको विरेन्द्रनगर तोक्ने निर्णय गरेको हो ।




