ब्याज भुक्तानीमा वृद्धिसँगै टर्कीको बजेट घाटामा भारी वृद्धि | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

ब्याज भुक्तानीमा वृद्धिसँगै टर्कीको बजेट घाटामा भारी वृद्धि

काठमाडौँ । ब्याज भुक्तानीमा भएको उल्लेख्य वृद्धिका कारण टर्कीको केन्द्रिय सरकारको बजेट घाटा गत वर्षको तुलनामा करिव १६ गुणाले बढेको छ । टर्कीको वित्त तथा कोष मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जुलाई महिनामा बजेट घाटा १,४८४.६ प्रतिशतले वृद्धि भई ३७८.१ अर्ब टर्किश लिरा (करिब ७.९ अर्ब अमेरिकी डलर) पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २३.९ अर्ब लिरा मात्र रहेको थियो । बजेट घाटामा भएको यो तिब्र वृद्धिको मुख्य कारण ब्याज भुक्तानीमा भएको ठूलो बढोत्तरीलाई मानिएको छ । तथ्याङ्कअनुसार ब्याज खर्च अघिल्लो वर्षको तुलनामा १४२.८ प्रतिशतले वृद्धि भई ३२६.८ अर्ब लिरा पुगेको छ ।
जुलाई महिनामा केन्द्रिय सरकारको कुल बजेट खर्च ५९.८ प्रतिशतले बढेर १.८ ट्रिलियन लिरा पुगेको छ भने बजेट राजश्व २८.८ प्रतिशतले वृद्धि भई १.४ ट्रिलियन लिरा कायम भएको छ । कर राजश्वतर्फ ३० प्रतिशतको वृद्धिसहित १.२ ट्रिलियन लिरा संकलन भएको छ । यसमध्ये आयकर राजस्व ४७.९ प्रतिशतले बढेर ४३२ अर्ब लिरा पुगेको छ ।
यद्यपि, संस्थागत कर संकलनमा भने ६९.८ प्रतिशतको ठूलो गिरावट आएर ३.६ अर्ब लिरामा सिमित भएको छ, जसले समग्र कर संकलनमा दबाब सिर्जना गरेको छ ।
सन् २०२४ को पहिलो सात महिना (जनवरी–जुलाई) को अवधिमा केन्द्रिय सरकारको कुल बजेट घाटा १.३ ट्रिलियन लिरा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ ट्रिलियन लिरा रहेको थियो ।
समग्र बजेट घाटा बढे पनि टर्कीको प्राथमिक सन्तुलन भने बचतमा रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत वर्ष २४१.७ अर्ब लिरा रहेको प्राथमिक वचत यस वर्ष बढेर ४७०.१ अर्ब लिरा पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार