राष्ट्रपति कसलाई बनाउने भन्नेबारेमा एमालेले अझै निर्णय गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रपति कसलाई बनाउने भन्नेबारेमा एमालेले अझै निर्णय गर्न सकेन

UML

काठमाडाैं, १२ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ । कार्यतालिका अनुसार फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुने छ । तर, आफ्नो भागमा परेको राष्ट्रपति पदमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने कि नयाँलाई मौका दिने भन्नेबारे एमाले अहिलेसम्म अनिर्णित छ ।

एमालेभित्र अनौपचारिक छलफल भएपनि राष्ट्रपति कसलाई बनाउने भन्ने विषयले औपचारिक प्रवेश पाएको छैन । तर, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनदेखि आकांक्षी अन्य नेताहरूले विभिन्न तरिकाले आफ्नो उम्मेदवारी र औचित्य प्रकट गरिरहेका छन् ।

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारीसहित, एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको नाम चर्चामा छ । भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटकको भेट र ‘डिनर मिटिङ’मार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना प्रकट गरेकी छन् ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधि ५ वर्षको हुने उल्लेख छ । ०७२ असोज ३ गते संविधान जारी भएपछि राष्ट्रपति बनेकी भण्डारीको कार्यकाल २९ महिनामै सकिन लागेको छ । त्यसैले पनि उनी पाँच वर्ष कार्यकाल लम्ब्याउन चाहन्छीन् ।

उता, एमाले नेता झलनाथ खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति बन्ने इच्छा प्रकट गर्दै अाएका छन् । अर्का नेता माधव कुमार नेपाल भने वर्तमान राष्ट्रपतिलाई दोहोर्याउँदा मुलुकलाई फाइदा हुने तर्कमा सकारात्मक देखिएका छन् । खनाललाई पनि कतिपयले यसमा मनाउने प्रयास गरिरहेका नेताहरु बताउँछन् ।

संविधानले पनि एक व्यक्ति दुई पटकसम्म राष्ट्रपति बन्न पाउने व्यवस्था गरेको छ । नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउँदा राजनीतिक दललाई फाइदा र मुलुकलाई घाटा हुने देखिन्छ । किनकी, राष्ट्रपति भइसकेका व्यक्तिलाई राज्यले पूर्वविशिष्ट व्यक्तिको सूचीमा राखेर सेवा सुविधा दिनुपर्छ । पूर्व राष्ट्रपति रामवरण यादवकै सेवा सुविधा पूर्ति गर्न राज्यलाई हम्मे–हम्मे परिरहेका बेला संख्या थपिँदा राज्यलाई आर्थिक भार थपिन्छ ।

यस्तो छ राष्ट्रपति निर्वाचन कार्यतालिका

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);