प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सुनसरीमा भएको हिंसात्मक घटनाबाट उत्पन्न संकटको समाधान गर्नको सबै पक्ष एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार संघीय संसद परिसर सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार, सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर मुलुकमा उत्पन्न समस्याको हल निकाल्नुपर्ने बताउनुभएको हो । उहाँले संविधान, कानून वा राजनीतिक विषयमा असहमति भएपनि आफ्ना मागहरु पूरा गराउन हिंसाको बाटो रोज्नु उपयुक्त नहुने बताउनु भयो । उहाँले सनसरी घटनालाई साम्य पार्न सरकारको उपस्थितिमाथि गम्भीर प्रश्न उठाउनु भयो ।

उहाँले मुलुकमा धर्मको नाममा हिंसा फैलिँदा समेत सरकार मौन बसेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारको सुरक्षा कमजोरी र प्रशासनिक कमजोरीको कारण सुनसरी घटना भएको समेत बताउनु भयो ।प्रतिपक्षी दलले मात्र नभई सिंगो देशवासीले सरकार खोजिरहेको प्रमुख सचेत राईको भनाइ छ ।

Leave a Reply