नेपालको लगातार हार, अब बाँकी ६ खेल जित्नै पर्ने मोडमा, अस्तित्वको लडाइँ बाँकी | ईमाउण्टेन समाचार

Our Network

साउन ७ २०८३, शुक्रबार

नेपालको लगातार हार, अब बाँकी ६ खेल जित्नै पर्ने मोडमा, अस्तित्वको लडाइँ बाँकी

सुर्जन बोहरा, काठमाडौं । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपाली क्रिकेट टिमले लगातार दोस्रो हार बेहोरेको छ ।

नामिबिया र नेदरल्यान्ड्ससँग एकपछि अर्को हारसँगै छनोटको दौड झन् जटिल बन्दै गएको छ। शीर्ष चारको सपना जोगाउन निरन्तर जित अनिवार्य छ । साथै एकदिवसीय मान्यता जोगाउन पनि नेपाल सामू अब कुनै खेल गुमाउने ठाउँ छैन । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ नेपालले रगातार दुई हार बेहोरेको छ । लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपाली क्रिकेट टिमले नामिबिया र नेदरल्यान्ड्स सँगलगातार दोस्रो हार बेहोरेको हो ।जसबाट नेपालको विश्वकप यात्रा निकै कठिन मोडमा पुगेको छ । साथै एकदिवसीय मान्यता पनि गुम्ने डरमा छ । शिर्ष चार र मान्यता जोगाउन अबका बाकिँ सकै खेल जित्नुपर्ने अन्तिम परिक्षामा नेपाल उभिएको छ ।

नेदरल्यान्ड्समा जारी नेपालले दुबै खेलमा पहिला ब्याटिङ गर्दै १५७ रनमा सीमित भयो। जवाफमा नामिबियावि र नेदरल्यान्ड्सले नेपाललाई ठूलो अन्तरले हराएको छ । लिग २को यस चक्रमा हालसम्म नेपालले करिब ३० खेल खेलिसकेको छ,। जसमध्ये ११ जित र १७ हार छन् । ताजा दुई हारले नेपालको अंक बढ्न नपाए पनि, खेलेको संख्या बढेकाले प्रतिस्पर्धी टिमहरूसँगको दूरी थप फराकिलो बनेको छ । लिग २ मा शीर्ष चार टिमले मात्र सिधै २०२७ विश्वकप छनोट प्रतियोगितामा प्रवेश पाउनेछन। हाल अमेरिका ४३ अंकसहित माथि छ, स्कटल्यान्ड ३८ मा, नेदरल्यान्ड्स ३२ मा, र चौथो स्थानमा रहेको ओमान ३१ अंकमा छ। नेपाल हाल २४ अंकका साथ पाँचौं स्थानमा छ ।चौथो स्थानमा पुग्न नेपालले कम्तीमा थप चार खेल जित्नैपर्छ । तर समस्या यहीं छ यस शृङ्खलाका दुई र त्यसपछि ओमानमा नेपालसँग जम्मा छ वटा खेल बाँकी छन् ।

बाँकी ६ खेलमध्ये कम्तीमा ४ जित्नुपर्ने अवस्था छ । गणितीय रूपमा सम्भव तर व्यावहारिक रूपमा निकै कठिन अवस्था नेपालका लागि सिर्जना भएको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो बलियो पक्ष घरेलु मैदानको हो । घरेलु घरेलु शृङ्खलामा नेपालले ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध आठमध्ये छ खेल जितेर टिमलाई सातौंबाट पाँचौं स्थानमा पुर्‍याएको हो । तर अब त्यो घरेलु अध्याय पूर्ण रूपमा सकिएको छ। यस चक्रका बाँकी सबै खेल नेदरल्यान्ड्समा दुई र त्यसपछि ओमानमा हुने अन्तिम शृङ्खला हुनेछ ।

नेपालसँग अब एउटै पनि घरेलु खेल बाँकी छैन । शीर्ष चारमा नपुगे पनि, शीर्ष छ स्थानमा रहेमा नेपालको ओडीआई मान्यता जोगिनेछ। यो लक्ष्य शीर्ष चारभन्दा तुलनात्मक रूपमा कम कठिन देखिए पनि पूर्णतः सुरक्षित छैन। नेपालसँगै २४ अंकमा रहेको क्यानाडा र २२ अंकसहित नजिकै रहेको नामिबियाले जित हात पारेमा नेपाल छैटौं स्थानबाट पनि चुक्न सक्छ। त्यसैले बाँकी हरेक खेल नेपालका लागि अस्तित्वको लडाइँ भएको छ । ब्याटिङतर्फ नेपाल निरन्तर संघर्षरत देखिएको छ । जसले प्रतिस्पर्धी स्कोर बनाउन बाधा पुर्‍याइरहेको छ ।

बलिङमा समेत सन्दीप लामिछाने जस्ता प्रमुख खेलाडीको फर्म प्रश्नमा छ। तर यो केवल एक शृङ्खलाको समस्या मात्र होइन घरेलु प्रतिस्पर्धाको स्तर, विदेशी दौडाहामा हुने तयारीको कमी, र क्रिकेट संघभित्रको दीर्घकालीन योजनाको अभावजस्ता संरचनागत प्रश्नहरू बारम्बार उठ्दै आएका छन्। यसैबीच आईसीसीले लिग २ को पुनरसंरचना गरेको ढाँचामाथि साना क्रिकेट राष्ट्रहरूले नै असन्तुष्टि व्यक्त गरिसकेका छन्, जसले प्रतिस्पर्धा थप कठिन बनाएको आरोप छ।

घरेलु मैदानको सुविधाविनै, विदेशी भूमिमै सम्पूर्ण बाँकी यात्रा पूरा गर्नुपर्ने नेपाली क्रिकेट टिमका लागि आगामी छ खेल जसमा २७ र २९ जुलाईका दुई खेल तत्काल निर्णायक हुनेछन् । केवल नतिजाको लडाइँ मात्र होइन, नेपाली क्रिकेटको आत्मविश्वास र तयारीको साँचो परीक्षा पनि हो। शीर्ष चारको सपना जोगाउन निरन्तर जित अनिवार्य छ, र ओडीआई मान्यता जोगाउनका लागि पनि अब कुनै खेल गुमाउने ठाउँ छैन ।

Leave a Reply

ताजा समाचार