काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गर्नुभएको छ । शुक्रवार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनि विश्वव्यापी रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ । उहाँले दरबार हत्यकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रुपमा फैल्याइएको बताउनु भयो । उहाँले दरबार हत्यकाण्ड कसले ग¥यो ? भन्नेकुरा अझै खुल्न नसकेको बताउनु भयो ।अध्यक्ष ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रले प्रेम असफल भएर गरिएको कथा त्यस षड्यन्त्रमा संलग्नले बनाएको टिप्पणी गर्दै आउनुभएको छ ।




