तनावका बीच अमेरिका र इरानबीच वार्ता जारी रहेको ह्वाइट हाउसको जानकारी | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

तनावका बीच अमेरिका र इरानबीच वार्ता जारी रहेको ह्वाइट हाउसको जानकारी

संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय बढ्दो सैन्य तनावका बावजुद दुई देशबीचको वार्ता प्रक्रिया जारी रहेको ह्वाइट हाउसले जनाएको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले अझै पनि अमेरिकी राष्ट्रपतिसँग सम्झौता गर्न इच्छुक रहेको अभिव्यक्ति दिएको जानकारी दिनुभयो । लेभिटका अनुसार दुई पक्षबीच संवाद भइरहेको भएपनि अमेरिकाले आफ्नो सुरक्षा चासोमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । यसअघि बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ डिसेम्बरदेखि इरानको हिरासतमा रहेका एक अमेरिकी नागरिकलाई रिहा गरेकोमा इरानलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त रिहाइलाई दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधारको सम्भावित शुरुवातका रूपमा हेरिएको छ । यद्यपि, कुटनीतिक संवादका बीच सैन्य कारबाही पनि जारी रहेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानी सैन्य क्षमतालाई कमजोर तुल्याउने उद्देश्यले बिहीबार स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि नयाँ चरणको हवाई आक्रमण शुरु गरिएको छ । इरानमाथि अमेरिकाले गरेको यो लगातार छैटौँ रातको आक्रमण हो ।

Leave a Reply

ताजा समाचार