ब्रसेल्सको निर्माणाधीन भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

ब्रसेल्सको निर्माणाधीन भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु

बेल्जियमको राजधानी ब्रसेल्सस्थित एक निर्माणाधीन भवनमा मङ्गलवार बिहान भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । ब्रसेल्स लेबर प्रोसिक्युटर कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले सो घटनाको पुष्टि गरेका हुन् । मध्य ब्रसेल्सको दे ब्रोउकेरे स्क्वायरमा अवस्थित ओएक्सवाई भवनमा आगलागी भएको हो । प्रोसिक्युटर कार्यालयकी प्रवक्ता भ्यालेन्टिना मारोचीकाअनुसार भवनको लिफ्टभित्र ६ जनाको शव फेला परेको थियो ।

घटनास्थलमा उद्धार र खोजी कार्य जारी रहेको बताइएको छ । अन्य कोही हताहती भए÷नभएको यकिन गर्न दोस्रो लिफ्टको पनि विस्तृत जाँच भइरहेको छ । हाल व्यापक पुनर्निर्माण र मर्मतसम्भारको क्रममा रहेको सो ऐतिहासिक भवनमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply