संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट छनोट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट छनोट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल

काठमाडौं ।

नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिष्पर्धाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई सम्बन्धी छलफल गर्न बिहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन आयोग तटस्थ भएर काम गर्ने राजनीतिक प्रकृतिको संस्था भएकाले नियुक्ति प्रक्रियालाई अझ पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले वर्तमान सरकारले पनि पुरानै अभ्यासलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । उहाँले सुनुवाई प्रक्रियालाई हतार नगरि सबै पक्षसँग पर्याप्त छलफल गरेर सहमतिमा नै गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले जुन खालको वातावरण छ, यसले खुल्ला प्रतिष्पर्धा राम्रो हो के । यो निर्वाचन आयोग हेर्दा तटस्थ, काम गर्ने राजनीतिक हो, यो सबै राजनीतिक काम गर्ने संस्था हो । त्यसैले यस्ता संस्थामा एकदम खुल्ला प्रतिष्पर्धाको व्यवस्था गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो, हामीले पुरानै अभ्यासलाई समातेर अगाडि बढिरहेका छौं । यसो भइरहँदा पनि राम्रो कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिने हो । यसमा केही हतारो छैन, त्यसैले  हतार नगरि यस्ता विषयहरूलाई अलि मिलाएरै नै छलफल गरौँ । हाम्रा छलफलले राम्रो गराउन सक्ने जति ठाउँमा गराउने हो । अब यहाँ आएकालाई पठाउन धेरै दुख त गर्नुपर्दैन, यो औपचारिकता मात्रै हो । अब औपचारिकता मात्रै नबनाउने हो, साँच्चै राम्रो बनाउने हो भने अलि फराकिलो ढंगले छलफल गरौँ । त्यो खालको वातावरण बनाएर योग्य भन्दा योग्य व्यक्ति आओस् भन्ने नै हो, अरु इन्ट्रेस्ट के हो र ? तपाई हामी जाने होइन, केही होइन । त्यो विषयमा अलि खुल्ला छलफल गर्ने वातावरण बनाऔं, आएकालाई पठाउन त धेरै मेहेनत गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन ।’
उहाँले संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिलाई समितिले औपचारिक रूपमा अनुमोदन गर्ने मात्रै काम गर्न नहुने बताउनु भयो ।

Leave a Reply