संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्नुहुने,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौं वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्नुहुने, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्नुहुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, आर्थिक विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply