प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः काँग्रेस सांसद गच्छदार | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः काँग्रेस सांसद गच्छदार

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरी लगायतका नेपाली नागरिकले सीमापारीको चर्को दवाव र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाउनुभएको छ । .
बुधवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उहाँले नेपालले पनि भारतको सीमा मिचेको छ भनि प्रधानमन्त्री साहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताउनुभएको हो । सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
सांसद गच्छदारले भन्नुभयो,‘प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरु सीमा पारीको चर्को दवाव र मानसिक त्रास झेल्न बाध्य छन् । संसदलाई वेबास्ता गर्ने यो आलटाल नीति कहिलेसम्म चल्ने हो ? सभामुखले भनिदिनु प¥यो । होइन भने हजुरले रुलिङ गर्नु प¥यो । ५ दिनको अल्टीमेटम र २५ हजारको लोभ देखाएर होल्डिङ सेन्टरका सुकुम्बासीहरुलाई ओध्यानबाटै लखेट्नु, खाना खोसिन यो सरकारको अमानवीयताको परकाष्टा हो । यस निर्णयहरु विस्थापित नागरिकहरु आत्माहत्या गर्न बाध्य छन । जनतालाई यस्तो दुःख दिने सरकारलाई कसरी जनताको भन्ने ?’
सांसद गच्छदारले वर्तमान सरकारले गरिवलाई पीडा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने जिकिर पनि गर्नुभयो ।

Leave a Reply

ताजा समाचार