शिक्षामा लगाएको समता करले भुईमान्छेलाई छुँदैनः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

शिक्षामा लगाएको समता करले भुईमान्छेलाई छुँदैनः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रश्ताव गरिएको समता करले गरिब तथा भुईमान्छे वर्गलाई कुनै असर नपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधिसभा आर्थिक विधेयक, २०८३ माथी छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । हाँले नेपालका करिव ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो कर नलाग्ने स्पष्ट पार्नुभयो । केही निजी विद्यालयमा मात्र समता शुल्क प्रश्ताव गरिएको उल्लेख गर्दै उहाँले त्यहाँ मासिक १० हजार रुपैयाँ शुल्क तिर्ने अभिभावकले करिब ३ सय रुपैयाँ अर्थात ३ प्रतिशत योगदान गर्ने व्यवस्था गरिएको बताउनु भयो । उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा भुईमान्छे, सीमान्तकृत, दलित र न्युन आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार साना–साना योगदान संकलन गरेर सार्वजनिक शिक्षाको उन्नयन गर्ने उद्देश्यसहित समतामूलक नीति अघि सारिएको हो । समता करको विरोध भइरहेकोप्रति आश्चर्य व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले यस्तो नीति विशेषगरी समानता र सामाजिक न्यायको पक्षमा बोल्ने राजनीतिक दल तथा सांसदहरूले स्वागत गर्नुपर्ने बताउनु भयो ।

उहाँले मध्यम वर्गमा समता करको असर पर्न नदिन व्यक्तिगत आयकरमा छुट दिएको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा लगाएको समता कर पनि सोही अनुसार भएको बताउनु भयो । स्वास्थ्य समता कर मार्फत उठेको रकम स्वास्थ्य क्षेत्रको सुधार गर्ने बताउनु भयो । उहाँले समता कर भुईँमान्छे र गरिबको लागी नै ल्याएको बताउनु भयो । कर लगाएर राजश्व संकलन नगरेमा देश नबन्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल

Leave a Reply

ताजा समाचार