वैज्ञानिक समाजवादको एजेण्डासहित अघि बढिरहेका छौँः सहसंयोजक नेपाल | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

वैज्ञानिक समाजवादको एजेण्डासहित अघि बढिरहेका छौँः सहसंयोजक नेपाल

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले केही व्यक्तिहरूले पाटीृबारे नकारात्मक प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न समेत पार्टीपंक्तिलाई आग्रह गर्नुभयो । उहाँले उहाँले देशलाई केन्द्रबिन्दुमा राख्ने, जनताका मुद्दालाई प्राथमिकतामा राख्ने र समाजमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी संरचनाको गठनको कार्य तिव्र गतिमा भइरहेको बताउनु भयो ।उहाँले नेपालले नेपाली समाजमा आधारित वैज्ञानिक समाजवादको अवधारणालाई अघि सार्दै पार्टीको विधानलाई अन्तिम रुप दिने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार