भारतसँग चिया निर्यातका लागि देखिएको समस्या समाधान गर्न सरकारले गम्भिर पहल गरिरहेको छः मन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

भारतसँग चिया निर्यातका लागि देखिएको समस्या समाधान गर्न सरकारले गम्भिर पहल गरिरहेको छः मन्त्री चौधरी

काठमाडौं ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भिर भएर पहल गरिरहेको बताउनुभएको छ । बुधवार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कुटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको पनि बताउनु भयो । विगत ३ दिन यता इलामलगायतका देशभरका चिया उद्योगीहरुले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन । मन्त्री चौधरीले चियाको निर्यातमा सहजीकरण गर्न सरकार लागि परेको बताउनु भयो ।त्यस अवसरमा मन्त्री चौधरीले सरकारले बनाएका योजनाहरु कार्यान्वयनमा सांसदहरुले महत्वपूर्ण सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

Leave a Reply