‘सरकारको कर नीतिप्रति आजित नागरिक आन्दोलनमा उत्रिए मुलुकमा गम्भीर आर्थिक विचलन देखा पर्नसक्छ’ | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

‘सरकारको कर नीतिप्रति आजित नागरिक आन्दोलनमा उत्रिए मुलुकमा गम्भीर आर्थिक विचलन देखा पर्नसक्छ’

काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरुले सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम र बजेट विनियोजनबिच स्पष्ट तादात्म्य नमिलेको भन्दै चर्को आलोचना गरेका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागि सांसदहरुले  यस्तो धारणा राखेका हुन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट लेखको परम्परागत शैली तोडेको भएपनि रुपान्तरकारी बजेट ल्याउन नसकेको उनीहरुको तर्क छ । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले इतिहासमा सबैभन्दा ठूलो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो रूपान्तरण ल्याउनेमा आशावादी रहेको भएपनि त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले सडक जलविद्युत तथा सिंचाई र शिक्षा क्षेत्रमा कुनैपनि रुपान्तरणकारी परियोजना समावेश नगरेको भन्दै अर्थमन्त्री वाग्लेको आलोचना गर्नुभयो ।

उहाँले सरकारले सुन्नमा मिठो नाम राखेर निम्न आय भएका नागरिकमाथि करको भार थपेको टिप्पणी पनि गर्नुभयो । उहाँले जनताले सरकारको कर नीतिप्रति आजित नागरिक आन्दोलनमा उत्रिए मुलुकमा गम्भीर आर्थिक विचलन देखा पर्नसक्ने टिप्पणी गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बजेटले सर्वसाधारण, किसान, मजदुर तथा न्युन आय भएका वर्ग र समूदायलाई समेट नसकेको बताउनु भयो । उहाँ नागरिकमाथि सरकारले करको भार थपेको भन्दै मृत्यु करमात्र लगाउन बाँकी रहेको टिप्पणी गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रका लागि पर्याप्त अबजेट विनियोजन नगरिएकोमा आपत्ति जनाउनु भयो । नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले सरकार नागरिकको आर्थिक–सामाजिक सुरक्षाप्रति गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले घरायसी उपभोग्यवस्तुदेखि देखि शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर लगाएको उल्लेख गर्दै यसले नागरिकमा कस्तो प्रभाव पर्नसक्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जेनजी पुस्ताको आन्दोलनको जगमा बनेको सरकारले देशको युवा वर्गलाई श्रम दिने नीति नै नल्याएको टिप्पणी गर्नुभयो । उहाँले अगामी आर्थिक वर्षको बजेटले ठुला व्यवसायीलाई कर छुट दिएको भएपनि न्युन आय भएका वर्गलाई सम्बोधन गर्न नसकेको बताउनु भयो ।

Leave a Reply