काठमाडौं, ८ फागुन । काठमाडौँको भृकुटीमण्डपमा ‘चौंथो बंगलादेश एक्स्पो’ हुने भएको छ । नेपालस्थित बंगलादेश राजदुतावासको आयोजनामा आगामी शुक्रबारबाट एक्स्पो सुरु हुँदै छ ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा बंगलादेशमा उत्पादन भएका भवन निर्माण, लेदर, विद्युतीय उपकरण, हस्तकलालगायतका सामग्री रहने मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई देशबीचको व्यापारलाई अझै सहज बनाउन एक्स्पोलाई यस वर्ष पनि निरन्तरता दिइएको नेपालका लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले जानकारी दिए । एक्सपोमा आर्ट सम्बन्धी विशेष प्रर्दशनी पनि हुनेछ ।




