कोशीसहित पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

कोशीसहित पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका विभिन्न भागमा बदली र वर्षाको मिश्रित प्रभाव देखिनेछ । आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा र हिमपात हुनसक्ने विभागको प्रक्षेपण छ। कोशी प्रदेश र देशका पहाडी भू–भागमा साधारणतया बादल लाग्ने भए तापनि तराईका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, तराईका जिल्लाहरूमा भने गर्मीको प्रभाव बढ्ने देखिएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन (हिट वेभ) हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । रातीको समयमा कोशी प्रदेश र देशका हिमाली भू–भागमा साधारणतया बादल रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

Leave a Reply