काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले विधेयक प्रमाणीकरण भएको जानकारी गराउनुभएको हो । जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले मंगलवारको बैठकमा पढेर सुनाउनु भयो ।
मंगलवारकै बैठकमा प्रतिपक्षी दलहरुको विरोधका बीच सभामुख अर्यालले मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३, पनि प्रमाणीकरण भएको जानकारी गराउनु भयो । प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमवार बस्नेगरी स्थगित भएको छ ।




