नेपाल उद्योग वाणिज्य महासंघद्वारा मुलुक निर्माण दशक घोषणा गर्न माग | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

नेपाल उद्योग वाणिज्य महासंघद्वारा मुलुक निर्माण दशक घोषणा गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी वर्षदेखि १० वर्षको अवधिलाई मुलुक निर्माण दशक घोषणा गर्न माग गरेको छ ।

udyog banijya mahasang

काठमाडौं, ७ माघ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी वर्षदेखि १० वर्षको अवधिलाई मुलुक निर्माण दशक घोषणा गर्न माग गरेको छ ।

महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीति उपलब्धि हासिल भएकाले अब सबैको ध्यान आर्थिक विकासमा केन्द्रीत गर्नु पर्ने र त्यसका लागि मुलुक निर्माण दशक घोषणा गरेर समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने बताएको हो । महासंघले पूर्वाधार विकास, औद्योगिकीकरण, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रविन्दुमा राखि मुलुक निर्माण दशक अभियानको रणनीति ल्याउन माग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई आर्थिकरुपमा समृद्ध तुल्याउन सरकारले दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याउनुपर्ने बताए ।

महासंघले सरकारसामु १२ बुँदे अपेक्षा अगाडि सार्दै जलविद्युत लगायतका राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्ने सुनिश्चितता गर्न तथा उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धिका लागि थप प्रोत्साहन र सुविधासहित आकर्षक कार्यक्रम ल्याउन आग्रह गरेको छ । महासंघकी अध्यक्ष राणाले मुलुकभित्रको लगानीले मात्र आर्थिक समृद्धिको सपना पूरा नहुने भन्दै छिमेकी मुलुक भारत र चीनको लगानी आकर्षित गर्ने नीति अवलम्बन गर्न आग्रह गरे ।

महासंघले राजनीतिक एजेण्डा सकिएकाले सरकारले अब सम्पूर्ण शक्ति लगाएर मुलुकलाई आर्थिक विकासको एकल सूत्रमा लैजाने विश्वास गर्दै विकासका मुद्दामा सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);