महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठद्धारा उम्मेद्वारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठद्धारा उम्मेद्वारी घोषणा

काठमाडौं, १ चैत्र । नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गर्नुभएको छ । महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गर्नुभएको हो । उहाँले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नयाँ सोचका साथ व्यापार नीतिहरु ल्याउनुपर्छ र संसक्त संगठन बिस्तार गर्नुपर्छ । त्यस्तो संगठन बिस्तार गर्न आफ्नो अनुभवले संगठन बिस्तार गर्न भुमिका खेल्नसक्छु । त्यही अनुसार मैले नेतृत्वउन्मुख भएर आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको छुृ । विभिन्न जिल्लामा भ्रमण गरेर मेरो उम्मेद्वारीको कुरा राखेको छु । २९ गते हुने निर्वाचनबाट व्यवसायीहरुले विश्वास गरेर अगाडि बढाउनु हुनेछ भन्ने विश्वासमा छु ।’

उहाँले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताउनु भयो । उहाँले अबको चुनौति भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गर्नुभएको बताउनु भयो । उहाँले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गर्नुभयो । उहाँले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेद्वारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले उद्योगी व्यवसायीहरुले खोजेको भनेको व्यवसायिक वातावरण र लगानीको सुरक्षा हो । यी द्ई वटा कुरा नै खोजेको हो । यो भन्दा बढी कुरा खोजेको छैन । यसलाई कसरी समय सन्र्दभमा प्रश्तुत गर्ने भन्नेकुरा हो । अबको युग परिवर्तन हुँदैछ । डिजिटल युगमा आएका छौं । नयाँ परिवर्तनशिल अवस्थामा व्यापार नयाँ ढङ्गमा ल्याउनुपर्ने छ । चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक बन्न नसकेर बजार मात्रै बन्छौं ।’

श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताउनु भयो । उहाँले पहँुच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात प्रभाव पु¥याउनेगरी काम गर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);