काठमाडौँ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाका सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरु गरिसकेको जानकारी पनि दिनुभयो ।
उहाँले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको तथ्य पनि संसदमा स्मरण गराउनु भयो । उहाँले सरकारले रसायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको पनि स्पष्ट पार्नुभयो ।मन्त्री चौधरीले सरकारले चालु आर्थिक वर्षमा विगत वर्षहरुमा भन्दा बढी रसायनिक मलको वितरण गरेको दाबी समेत गर्नुभयो ।




