काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गर्ने भनिएको विषयले सिंगो आम सञ्चार क्षेत्रलाई आतंकित बनाएको टिप्पणी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले समाचार लेखिएको आधारमा सरकारले पत्रकारहरुलाई आतंकित गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल रोक्न पनि माग गर्नुभयो । प्रमुख सचेतक दुलालले पत्रकारहरुले सरकारका कमीबारे समाचार लेख्न पाउने भन्दै त्यसैको आधारमा सरकारले पत्रकार श्रेष्ठलाई गिरफदार गर्ने भनि फैल्याइएको आतंकले सिंगो आम सञ्चार माध्याममा नकारात्मक सन्देश गएको पनि बताउनु भयो ।
पत्रकारहरुको समाचार लेखनबारे नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल भएकाले सरकारले उनीहरुलाई आतंकित पारेर राज्यशक्तिको दुरुपयोग गर्न नहुने पनि बताउनु भयो ।प्रमुख सचेतक दलालले पत्रकारहरुमाथि राज्यको शक्तिको दुरुपयोग हुनेकुरा मान्य नहुने पनि बताउनु भयो ।




