रवि लामिछानेलाई रास्वपा सांसदहरुले सोधे– सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ? | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

रवि लामिछानेलाई रास्वपा सांसदहरुले सोधे– सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गर्नुभएको छ । शुक्रवार सिंहदरबारस्थित संसदीय दलको पार्टी सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरुसँग छलफल गर्नुभएको छ । उक्त छलफल सांसद राना मगरले सुकुम्बासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताउनु भयो । उहाँले छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताउनु भयो ।

उहाँले केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो । सांसद राना मगरले काठमाडौंमा सरकारले सुकुम्बासी हटाएको घटनालाई आधार बनाएर झापालगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु उचित नभएको बताउनु भयो । सभापति लामिछानेले कोशीबाट निर्वाचित रास्वपा सांसदहरुसँग छलफल गर्नुभएको हो । अहिले मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहनुभएको छ ।

Leave a Reply

ताजा समाचार