कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, पश्चिम तराईमा गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, पश्चिम तराईमा गर्मी बढ्ने

काठमाडौँ ।

मुलुकका विभिन्न प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आज दिउँसो मौसम साधारणतया बदली रहनेछ । यस्तै, मधेस प्रदेश लगायत वागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, मधेस प्रदेशसहित कोशी, वागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने आज अत्यधिक गर्मी (तातो दिन) हुन सक्ने विभागको पूर्वानुमान छ । आज राति कोशी, मधेस, वागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका तराई क्षेत्रमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहने देखिएको छ ।

Leave a Reply