एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई

काठमाडौँ ।

प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ । सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भिर नभएको भन्दै उहाँले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाई हुने बताउनुभएको हो । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो ।

उहाँले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनि प्रश्न समेत गर्नुभयो । सांसद राईले बाँदरको आतंकबाट नागरिकलाई छुटकारा दिन सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने बताउनु भयो ।

Leave a Reply