काठमाडौँ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टी, नेपालका सांसदहरुलाई आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्कराज राईसहितका सांसदहरुले प्लेकार्ड देखाएर बैठक अवरुद्ध पारेपछि उहाँले सो चेतावनी दिनुभएको हो ।
सभाको मर्यादाविपरित संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले उक्त पार्टीका सांसदहरुलाई प्रतिनिधिभास नियमावली, २०७९ को नियम ३० बमोजिम आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुपरेको सभामुख अर्यालले स्पष्ट पार्नुभयो । उक्त पार्टीका सांसदहरुले दैनिक रुपमा प्रधानमन्त्री बालेन्द्र साहको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका छन् । अध्यक्ष राईले बैठक कक्ष नै छोडेर पनि हिँड्नुभएको छ ।




