वन्यजन्तुको आक्रमणमा परेकाहरुले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन्ः इन्दिरा रानामगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

वन्यजन्तुको आक्रमणमा परेकाहरुले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन्ः इन्दिरा रानामगर

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले जंगलमा छेउका मानिसहरुका लागि सरकार नै नभएका अनुभुति भईरहेको समेत बताउनु भयो । सांसद रानाले वनपालेको समेत अभाव हुँदा जंगले छेउमा बस्ने नागरिकहरु जंगली जनावरको आक्रमण गर्ने गरेकाले त्यस्ता अवस्था नआउने गरी सरकारले उचित व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘झापा अर्जुनधारा वडा नम्बर २ मा दिनेश पराजुलीलाई जंगली हात्तीको आक्रमणबाट गम्भिर घाइते भई अस्पतालमा भर्ना भएको म जानकारी गराउन चाहन्छु । झापा मात्रै होइन, तराइका विभिन्न भेगहरुमा हात्ती आक्रमणका कारण मानिसहरु आतंकित भईराखेका छन । यसलाई तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै गरेर सामान चिजहरु लाईटका कुराहरु, माईकिङका कुराहरु पनि व्यवस्था नभएका र पालेहरु पनि थोरै भएको कारणले गर्दा एउटा सरकार नै नभएको अनुभूति भईराखेको छ जंगलको छेउमा बस्ने हाम्रा जनताहरुलाई । यसको पनि म ध्यानाकर्षण गरााउन चाहन्छु ।’
त्यस अवसरमा उहाँले हालै झापा अर्जुनधाराका दिनेश पराजुली जंगली हात्तिको आक्रमणमा परी गम्भिर घाइते भएको जानकारी गराउँदै उहाँको उपचारको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

Leave a Reply