कोशी, मधेस र वागमतीसहित देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

कोशी, मधेस र वागमतीसहित देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आजको मौसममा सामान्य बदली रहनेछ । आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भेगमा साधारणतया बादल लाग्ने र तराईका अन्य क्षेत्रमा आंशिक बदली रहने विभागको प्रक्षेपण छ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम स्तरको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र वागमती प्रदेश लगायत मुलुकका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी, मधेस र वागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, अन्य प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply