बोलाइएको संसद अधिवेशन स्थगन गरेर अध्यादेश जारी गर्ने सरकारको निर्णय असंसदीय र अलोकतान्त्रिक कदमः विपक्षी दलहरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

बोलाइएको संसद अधिवेशन स्थगन गरेर अध्यादेश जारी गर्ने सरकारको निर्णय असंसदीय र अलोकतान्त्रिक कदमः विपक्षी दलहरू

काठमाडौं । 

विपक्षी दलहरूले सरकारले संसद छल्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाउँदै अध्यादेशहरु तत्काल फिर्ता लिन माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग गरेको विपक्षी दलका नेता एवं नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले बताउनुभएको हो । उहाँले संसदको अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरेर अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम भएको भन्दै भत्र्सना र निन्दा गर्नुभयो ।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्न दुई अध्यादेश तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानून संशोधन र विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । ती सबै अध्यादेश संसद छल्ने उद्देश्यले सिफारिस गरिएको भन्दै विपक्षी दलहरुले अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रह समेत गरेको नेता आङ्दाम्बेको भनाइ छ । संघीय संसदको अधिवेशन अविलम्ब आह्वान गर्न पनि विपक्षी दलहरूको माग रहेको उहाँले बताउनु भयो । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रतिनिधि सहभागि हुनुहुन्थ्यो ।

Leave a Reply