निजी क्षेत्रको मनोबल उठाउन छलफल थालौँः सांसदहरु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

निजी क्षेत्रको मनोबल उठाउन छलफल थालौँः सांसदहरु

काठमाडौ । 

पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै सांसद्हरुको उनीहरुसँग छलफल गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमवार बैठकमा सांसदहरु निजी क्षेत्रका संस्थाहरुसँग छलफल गरेर उनीहरुको मनोबल उकास्नुपर्नेमा जोड दिनुभयो । बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोबल खस्किएको उल्लेख गर्दै त्यसलाई उच्च बनाउन आत्मविश्वासका साथ नीति निर्माणमा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रका सरोकारलाई समेट्न नसके अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनु भयो । निजी क्षेत्रको मनोबल उकास्न अर्थसमितिका सदस्यहरू स्वयं निजी क्षेत्रका संस्थाहरू—एफएनसीसीआई, सीएनआई, चेम्बर, इपानलगायतसँग प्रत्यक्ष छलफलमा जानुपर्ने उहाँले जोड दिनुभयो ।

सांसद अधिकारीले बजेटमार्फत कर प्रणालीमा सुधार आवश्यक रहेको औंल्याउँदै अर्थतन्त्रको दायरा विस्तार गर्दै करका दर क्रमशः घटाउँदै लैजानुपर्ने नीति अपनाउनुपर्ने बताउनु भयो । यसका लागि कर विज्ञ र अर्थविद्हरूसँग अर्थसमितिमा विस्तृत छलफल गरी सुझाव लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।सांसद सुशान्त वैदिकले संसदीय समितिलाई “मिनी संसद”को बताउँदै यसको मुख्य काम विधेयकहरूको गहिरो अध्ययन र छलफल भएको बताउनु भयो । उहाँले अर्थसमितिमा छुट्टै उपसमिति बनाउनेभन्दा पनि विषयगत उपसमिति गठन गरी सम्बन्धित विधेयकहरूमा केन्द्रित अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो ।

आवश्यकताअनुसार कार्यदल पनि गठन गर्न सकिने उहाँको भनाइ छ । सांसद पुष्पराज कँडेलले उपसमिति गठनको नयाँ अवधारणा सकारात्मक भएको बताउँदै यसले विषयवस्तुको गहिरो अध्ययनमा सहयोग पुग्ने बताउनु भयो । तर उपसमितिबाट आएको प्रतिवेदनलाई मूल समितिमा पर्याप्त छलफल नगरी केवल औपचारिक रूपमा पारित गर्ने प्रवृत्ति भए त्यसले उल्टै नोक्सानी पु¥याउने  उहाँको भनाई छ । अर्थसमितिको बैठकमा सांसद्हरुले आगामी बजेटका बारेमा प्रि बजेट छान्न ढिला गर्न नहुनेमा जोड दिनुभएको थियो ।

Leave a Reply

ताजा समाचार