'निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न सक्दैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न सक्दैन’

काठमाडौं,२८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न नसक्ने बताउनुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म र सरकारमा बस्नेहरुको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताउनु भयो । उहाँले सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्ने बताउनु भयो । उहाँले ऐन, कानून लगानीमैत्री नभए जति सुकै ठूलो लगानी गरेर पनि लगानी कर्ताहरु नेपालमा नआउने जिकिर गर्नुभयो । उहाँले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले देश लगानीकर्ताहरुलाई आह्वान गर्न तयार छ की छैन भन्ने प्रश्न अहिले उठ्ने गरेको बतउनु भयो । उहाँले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन, निजी क्षेत्रमैत्री ऐन, कानून बन्दैन र सरकारमा बस्नेहरुको नियत सुध्रिँदैन तबसम्म देश बन्दैन । त्यस कारण सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्छ । तपाईले जतिसुकै ठूलो लागनी सम्मेलन गर्नुस् न, तपाईको ऐन, कानून लगानीमैत्री छैन भने कसले लगानी गर्छ ? अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन भए की भएनन् ? त्यसबाट हेर्नुस् । देश लगानीको लागि तयार छ की छैन । त्यो कुरामा टुंगोमा पुग्नुपर्छ । आज निजी क्षेत्रको मनोबल खस्किँदो छ । सबैले हेप्ने क्षेत्र भनेकै निजी क्षेत्र बनेको छ ।’

उहाँले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले उद्योगी व्यवसायीहरुसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा संकल्प पत्रमा लेख्ने शाहस गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);