युएईमाथि रोमाञ्चक जितपछि कप्तान रोहित पौडेलः ‘२ सय रनमा पनि हामीलाई जित्ने विश्वास थियो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

युएईमाथि रोमाञ्चक जितपछि कप्तान रोहित पौडेलः ‘२ सय रनमा पनि हामीलाई जित्ने विश्वास थियो’

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले युएईविरुद्धको खेलमा टोलीले देखाएको ‘क्यारेक्टर’ र आत्मविश्वास नै जितको मुख्य आधार रहेको बताएका छन् । खेलपछिको अन्तर्वार्तामा रोहितले पहिलो इनिङ्समा ब्याटिङ अपेक्षा अनुसार नभएको स्वीकार गरे । बलरहरूको प्रदर्शनबारे चर्चा गर्दै उनले सोमपाल कामीको स्पेललाई टर्निङ प्वाइन्ट मानेका छन् ।  वसिम र अक्षदीप नाथको बलियो साझेदारी तोड्न सोमपालले लिएको दुई विकेट नै खेलको निर्णायक मोड भएको उनको ठहर छ । टप अर्डरको ब्याटिङ फर्ममा देखिएको चुनौतीबारे रोहितले टोलीमा अहिले हेल्दी कम्पिटिसन रहेको बताए । सबैले राम्रो गरिरहेका र सिनियर खेलाडीको अनुभवलाई बिर्सिनु नहुने उनको भनाइ छ । पछिल्लो २–३ वर्षमा टोलीका लागि धेरै योगदान दिएको उनको भनाइ छ ।

लिग–२ को दबाबका बारेमा बोल्दै कप्तानले यसअघिको सफलता सम्झाए । ओमनसँगको आगामी खेलका बारेमा उनले ओमन राम्रो टिम भएकाले उनीहरूलाई हलुका रुपमा लिन नहुने बताए । कीर्तिपुरको मैदानमा सम्पन्न नेपाल र युएईबीचको खेलमा युएई ३७ रनले पराजित भयो ।  खेलपछि कुराकानी गर्दै युएईका कप्तानले हारको मुख्य कारण ब्याटिङको खराब प्रदर्शनलाई मानेका छन् । २ सय रनको चुनौती पछ्याउने क्रममा ब्याटिङमा देखिएको कमजोरीले टोलीलाई असफलता दिलाएको उनले स्वीकारे । खेलमा आफू र अक्षदीप राम्रो अवस्थामा रहे पनि त्यसपछि विकेट गुमाउनुले खेलको नतिजा बदलेको कप्तानले औंल्याए । कप्तानले नेपालको बलिङसँगै फिल्डिङको प्रशंसा गरे । युएई र नेपाल दुवै लिग–२ को तालिकामा समान अवस्थामा रहेकाले यसपछिका खेलहरू दुवै टोलीका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । हारबाट निरास भएपनि टोली सकारात्मक पक्षहरूलाई बढाउँदै आगामी खेलहरूमा उत्कृष्ट पुनरागमन गर्ने कप्तानको भनाइ छ ।

Leave a Reply