थापाथलीको सुकुम्बासी बस्ती भत्काउन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन शुरु

काठमाडौं ।

काठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आज प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ । लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियान अन्तर्गत प्रशासनले यो कदम चालेको हो । बस्तीमा डोजर पुगेपछि सुकुम्वासीहरुले बिहानै सामानहरु हटाएका थिए । प्रशासनले कानून बमोजिम सरकारी जग्गा खाली गराउनुपर्ने अडान लिएको छ भने बस्तीवासीहरूले आफूहरूको उचित व्यवस्थापन नभई उठिबास लगाउन नहुने माग राख्दै आएका थिए । अहिले सो क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।

Leave a Reply