बेइजिङमा आयोजित इस्लाम–कन्फ्युसियस सभ्यता संवाद २०२६ मा विश्वभरका झन्डै ३ सय सहभागीहरू सहभागी भएका छन् । ‘ग्लोवल सिभिलाइजेसनको अवधारणाः इस्लामिक र कन्फ्युसियस दृष्टिकोण’ भन्ने विषयवस्तु अन्तर्गत, सहभागीहरूले यी दुई सभ्यताहरू बीचको आदानप्रदान र आपसी सिकाइ बढाउने तरिकाहरू खोजेका थिए । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले भिडियो सम्बोधनमा भन्नुभयो कि मानवताको भविष्य आर्थिक वृद्धि वा प्राविधिक उन्नतिमा मात्र आधारित हुन सक्दैन, तर यो नैतिक बुद्धि, सांस्कृतिक विश्वास र सभ्यताहरू बीचको वास्तविक सम्मानमा आधारित हुनुपर्दछ ।
अन्तर्राष्ट्रिय कन्फ्युसियस एशोसिएशन र अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालय मलेसियाले संयुक्त रूपमा यस कार्यक्रमको आयोजना गरेका थिए । जसमा तीनवटा समानान्तर उप–फोरमहरू र चिनियाँ र मलेसियाली विश्वविद्यालयका अध्यक्षहरू सहभागी राउन्डटेबल पनि प्रश्तुत गरिएको थियो ।





