प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदू्तहरूसँग सामुहिक छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदू्तहरूसँग सामुहिक छलफल गर्ने

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ । आज मध्याह्न १२ बजेपछि राजदूतहरूसँग सामूहिक छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यलयले जनाएको हाे।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री पनि सहभागी हुने बताइएको छ । छलफलमा
प्रधानमन्त्रीले देशको राजनीतिक अवस्था, सरकारका नीति, दृष्टिकोण र प्राथमिकताबारे राजदूतहरूलाई जानकारी गराउनुहुने छ ।

विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै मुलुकको प्राथमिकता, सरकारको दृष्टिकोण बताउने अभ्यास यसअघि नरहेको भन्दै यसले नेपालको कूटनीतिक क्षेत्रमा नयाँ मानक स्थापित गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बालेनको विदेशी राजदूतहरूसँग सामूहिक रूपमा छलफल गर्ने र सामूहिक रूपमा नै दृष्टिकोण राख्ने योजना र तयारी अनुसार नै भेटघाटको कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत हुने गरेको परम्परा अन्त्य गर्दै शाहले राजदूतहरूसँग औपचारिक सामूहिक भेटघाट गर्न लाग्नु भएको हो ।

Leave a Reply