ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा

काठमाडाैं । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाइ गरेको छ ।  ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही शुरु गरेको हो ।

शनिबार बहरमहलमा रहेका दुईवटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरुलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरु ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।

यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरुको भनाइ छ ।

Leave a Reply