पेट्राेलकाे मूल्य प्रतिलिटर १५ रूपैयाँले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

पेट्राेलकाे मूल्य प्रतिलिटर १५ रूपैयाँले वृद्धि

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले गतराति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ वृद्धि गरेको हो ।

पेट्रोलको मूल्य अधिकतम प्रतिलिटर करिब २०२ रुपियाँ र डिजेल र मट्टितेलको मूल्य करिब १८२ रुपियाँ प्रतिलिटरसम्म पुगेको छ।

यस्तै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

Leave a Reply