काठमाडाैं । नेकपा (एमाले) को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।”





