महिला र उत्पीडितको समुदायको अधिकार हामीहरुकै त्याग र बलिदानको कारण स्थापित भएको होः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

महिला र उत्पीडितको समुदायको अधिकार हामीहरुकै त्याग र बलिदानको कारण स्थापित भएको होः अध्यक्ष दाहाल

काठमाडौं।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याएपनि आफूहरुको मुद्दाले जितेको बताउनुभएको हो । जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उहाँको दाबी छ ।

उहाँले बालेन्द्र साह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने समेत बताउनु भयो । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरुमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको बताउनु भयो । उहाँले मुलुकमा सुशासन र व्यवस्थाको रक्षाको लागि संसदमा रचनात्मक भुमिका खेल्ने समेत बताउनु भयो ।

Leave a Reply

ताजा समाचार