काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्षको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिनुभएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उपाध्यक्ष विष्टले सरकारको यो कदमको कडा निन्दा गर्नुभएको हो ।
विष्टले सरकारले राजनीतिक पूर्वाग्रह राखेर नेताहरूलाई दुःख दिने काम गरिरहेको बताउनुभयो । यो लोकतन्त्रको उपहास भएको र एमालेले यसको विरुद्धमा सशक्त आवाज उठाउने बताउनुभयो । उपाध्यक्ष विष्टले कार्यकर्ताहरूलाई संयमित रहँदै न्यायको पक्षमा उभिन आग्रह समेत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘यो राजनीतिक प्रतिशोध हो । म यसको निन्दा गर्न चाहन्छु । अविलम्व हाम्रो पार्टीको अध्यक्षलाई रिहाइको लागि म माग गर्दछु ।’
सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको छ ।





