पश्चिम एशियाकाे तनावका कारण भारतमा इन्धनको मूल्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

पश्चिम एशियाकाे तनावका कारण भारतमा इन्धनको मूल्य वृद्धि

एजेन्सी । औद्योगिक डिजेलको मूल्यमा भएको भारी वृद्धिले उत्पादन (म्यानुफ्याक्चरिङ), ढुवानी (लजिस्टिक) र विद्युत उत्पादन जस्ता विभिन्न क्षेत्रहरूमा प्रतिकूल असर पार्ने देखिएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसले उत्पादन र यातायात लागत बढाउने हुँदा दैनिक उपभोग्य वस्तुहरू समेत महँगो हुनसक्ने सम्भावना छ ।

यद्यपि, भारतको संघीय सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई खासै ठूलो समस्याका रूपमा लिएको छैन । सरकारका अनुसार देशमा कुल पेट्रोल खरिद गर्ने उपभोक्तामध्ये केवल २ देखि ४ प्रतिशतले मात्र प्रिमियम पेट्रोल प्रयोग गर्ने भएकाले यसको प्रभाव न्यून रहनेछ ।

Leave a Reply