काठमाडौं, २३ फागुन ।
झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार बालेन शाहले ६८३४८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्। एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच ४९, ६१४ मतको फराकिलो अन्तर रहेको छ।यस वर्षको निर्वाचनमा झापा–५ सबैभन्दा धेरै चर्चामा रहेको निर्वाचन क्षेत्र बनेको थियो।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर देशभर चासो बढेको थियो।अन्ततः आएको मतपरिणामले बालेन शाहलाई स्पष्ट बहुमतका साथ विजयी बनाएको छ।





