क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको यो प्रदर्शन इरानमाथि भएका हालैका आक्रमणहरूको प्रत्यक्ष प्रतिक्रिया हो । जसले आगामी कुनैपनि घटनाक्रमका लागि पूर्ण तयारी देखाउँछ । आज यमनी राजधानीबाट आएको सन्देश अटल ऐक्वबद्धताको हो । आईतवार यमनको राजधानी सानामा लाखौं मानिसहरूले इरानप्रति ऐक्यवद्धता जनाउन र देशमाथि भएको संयुक्त अमेरिका–इजरायल आक्रमणको निन्दा गर्न र्याली निकालेका छन् ।
हुथी नेता अब्दुल मलिक अल–हुथीद्वारा शुरु गरिएको यो प्रदर्शनको उद्देश्य गतिशील क्षेत्रीय अवस्थाका लागि समूहको तयारी देखाउनु थियो । प्रदर्शनकारीहरूले इरानी झण्डा फहराएका थिए र आयतोल्लाह अली खामेनीका तस्बिरहरू बोकेका थिए । उनीहरूले हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए, जसलाई हुथी नेताले ‘अमेरिका र इजरायलको स्पष्ट आक्रामकता’ भनेका छन् ।




