प्रचण्ड र बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिए
काठमाडौं, १ फागुन । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले देशका लागि फेरी बन्दुक उठाउने चेतावनी दिएका छन् ।
काठमाडौंमा नेकपा क्रान्तिकारी माओवादी र नेकपाले गरेको २३ औं जनयुद्ध दिवसको अवसरमा महासचिव वैद्यले समाज रुपान्तणरको लागि बन्दुक उठाउने चेतावनी दिएका हुन् ।
अझै पनि जनताको अधिकार स्थापित नभएको भन्दै महासचिव वैद्यले नयाँ तरिकाले आन्दोलन गर्ने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिएको आरोप लगाए।
दाहाल र भट्टराई जनयुद्धको नायक भएपनि अहिले खलनायक भएको उनले टिप्पणी गरे । कार्यक्रममा सहभागिहरुले नेकपा क्रान्तिकारी माओवादी र नेकपाबीच पार्टी एकता गर्न जोड दिएका थिए ।
२०५२ साल फागुन १ गते तत्कालिन माओवादीले जनयुद्धको घोषणा गरेको थियो । सोहि दिनको सम्झनामा प्रत्येक वर्ष माओवादी घटक दलहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् ।