प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ- बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ- बाबुराम भट्टराई

काठमाडाैं । प्रकाश सुपतकाे ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखाे टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेकाे बताएका छन् ।

बरु उनले याे गीतले अपूर्ण क्रान्तिकाे पीडा दर्शाएकाे र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

गत शुक्रबार सार्वजनिक भएकाे गीतमा १० वर्ष सशस्त्र द्वन्द्वकाे नेतृत्व गरेकाे नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएकाे छ । तत्कालीन अवस्थामा लडाइँमा हाेमिएका छापामारकाे पीडा गीतमा पाेखिएकाे छ ।

याे गीतमा वैदेशिक राेजगारीकाे पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएकाे छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);